Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

images
  • राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन
    images
    images

    काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ ।

    images
    images
    images

    आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो । 

    images
    images
    images

    समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन दिए । 

    images
    images
    images

    समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कानूनी दायरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।