काठमाडौं । पूर्व राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बिरोधमा नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ । शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
शुक्रवार तीनकुनेमा भएको पूर्व राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या गरिएको थियो । प्रदर्शनकारीहरुले पत्रकारमाथिको हिंसात्मक आक्रमणको भत्र्सना गरौँ, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, जोर्नालिजम इज नट अ क्राइम, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायतका प्लेकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology