काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले केही तत्वहरु गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका हुन् ।
उनले सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिए । नागरिकका सबै चाहानाहरु पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ । चन्दले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उत्साहटमा गाण्तन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको आरोप लगाए ।
‘गणतन्त्र आएपछि केही नेताहरुको उठिवास भएको छ नेपालमा । हामीले दुईवटा दुश्मनहरुका विरुद्ध लडेका हौं । हामी दुई वटा बन्धन र दुई वटा समस्याका विरुद्धमा लडेका हौं ।’ उनले भने, ‘आज जसले हारेर सत्ता गुमाए, जसले स्वर्गको आनन्दलाई भंग भएको महशुस गरेका छन् ति तत्वहरुले विदेशी तत्वहरुको उत्साहटमा देशमा हराइएका र जनताको बलद्धारा धुलो परेका सामन्ती तत्वका बचेकुचेका तत्वहरुद्धारा गणतन्त्रको विरुद्धमा फेरि एउटा षड्यन्त्र चलिरहेको छ । हामीहरुलाई प्रभूहरुको खाँचो छैन । हामीलाई महासामन्तहरुको खाँचो छैन ।’
नेता चन्दले गणतन्त्रको पक्षमा लडेका नागरिकहरु अधिकार सम्पन्न भइनसकेका कारण आफूहरु अगाडि बढ्न खोजिरहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology