Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा बैठक

सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैन : अध्यक्ष दाहाल

सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैन : अध्यक्ष दाहाल

images
  • सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैन : अध्यक्ष दाहाल
    images
    images

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताएका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरुले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमँन घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरी संसद अवरोध गरेपछि उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    अवरोधपछि राष्ट्रिय सभा सदस्यहरुलाई बसेर कारबाही अघि बढाउन सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले समस्याको समाधान सभा अवरुद्ध गरेर नहुने बताए । 

    images
    images
    images

    ‘मान्य सदस्यहरु विषय त राखिहाल्नु भयो अब । विषय राखियो, हामी सबैको ध्यानाकर्षण भएको छ । यही प्रक्रिया निरन्रत दोहोरिँदै जाँदा हामी कहाँ पुग्छौँ, हाम्रो राष्ट्रिय सभाको अवस्था कहाँ पुग्ला ? उनले भने, ‘हामी सबै कति गम्भीर बनेका छौँ भन्ने मलाई चिन्ता लागेको छ । सबै हामी राष्ट्रिय सभाका मान्इ सदस्यहरुले आफ्नो ठाउँमा गम्भीर भएर समस्याको समाधान गर्नेतिर जोड दिनुपर्छ ।’

    images
    images
    images

    अध्यक्ष दाहालले राजनीतिक दलहरुको सक्रियाताबाट नै समस्या समाधान गर्नुपर्ने बताउँदै सत्तापक्ष र प्रतिपक्ष एक—एकतिर कानमा तेल हाले बसेर मात्रै समस्या समाधान नहुने जिकिर गरे ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सदन अवरोध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।