Logo

२०८३, कार्तिक २६गते


images
images

शान्ति प्रक्रिया

पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री ओली

पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री ओली

images
  • पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन्। बिहीवार काठमाडौंमा अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरु गरेको र आफैँले अगाडि बढाएको बताए । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गरे । उनले पीडितका घाउमा मल्हम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्नेकुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए । शान्ति प्रक्रियाका बाँकी काम काँग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न प्रधानमन्त्रीले आह्वान गरे । तीन राजनीतिक दलहरुले संकल्प गर्ने हो भने शान्ति प्रक्रिया टुंग्याउन धेरै समय नलाग्ने उनको भनाई छ ।  

    images
    images
    images

    आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस् :

    images
    images

    प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरेका छन् । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने उनले बताए । ओलीले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताउँदै अशान्ती भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गरे । आज अधिनायकवादी नभइ लोकतान्त्रिक सरकार रहेको जिकिर गर्दै उनले जनताका सुझाव सुन्नका लागि आफू सदैव तत्पर रहेको बताए । 

    प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गरे । माओवादी द्धन्द्ध राष्ट्रिय गल्ती भएको प्रधानमन्त्री ओलीको भनाई छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शान्ति प्रक्रिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।