Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

निर्माण बहुउद्धेश्यीय सहकारीद्धारा शैक्षिक सामग्रि वितरण

निर्माण बहुउद्धेश्यीय सहकारीद्धारा शैक्षिक सामग्रि वितरण

images
  • निर्माण बहुउद्धेश्यीय सहकारीद्धारा शैक्षिक सामग्रि वितरण
    images
    images

    देवदह । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर निर्माण बहुउद्धेश्यीय सहकारी संस्था देवदहले शैक्षिक सामग्रि वितरण गरेको छ । देवदह–६ मा अवस्थित कालिका आधारभुत विद्यलयको बाल शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्रि वितरण गरिएको संस्थाका व्यवस्थापक सुशिला भण्डारीेले जानकारी दिईन् । सो क्रममा विद्यार्थीहरुलाई झोला, कापी, कलम लगाएतका शैक्षिक सामग्रि प्रदान गरियो । 

    images
    images
    images

    शैक्षिक सामग्रि वितरण कार्यक्रममा बोल्दै जिल्ला बहुउद्धेश्यीय सहकारी संघ रुपन्देहीका अध्यक्ष रमणी डुम्रेले सहकारीले समुदाय प्रति चासो राखेर काम गर्नु सरहानीय भएको उल्लेख गरे । सहकारीले सदस्य केन्द्रित कार्यक्रमसंगै सेवा प्रवाह भईरहेको क्षेत्रमा गर्ने क्रियाकलापले सदस्यहरुको जनविश्वास बढ्दै जाने डुम्रेले बताए ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेजबहादुर अर्यालले सहकारीले शैक्षिक सामग्रि वितरणको लागि कालिका आधरभुत विद्यालयलाई छनोट गरेकोमा खुसी व्यक्त गरे । उनले शैक्षिक सामग्रि वितरणले वालवालिकाको अध्ययन अध्यापनमा थप टेवा पुग्ने बताए ।

    images
    images
    images
    WhatsApp Image 2025-03-25 at 14.50.18_89b79ff9.jpg

    वार्षिक क्यालेण्डरमा राखेको कार्यक्रम दिवसको अवसर पारेर आयोजना गरिएको संस्थाले जनाएको छ । यस बर्ष नेपालमा चैत २० गते ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने मुल नारा सहित राष्ट्रिय सहकारी दिवस मनाइदैछ । 

    संस्थाका अध्यक्ष मोतिलाल ढकालको अध्यक्षता, सचिव केशववहादुर पुनको स्वागत र व्यवस्थापक सुशिला भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।