Logo

२०८३, कार्तिक २६गते


images
images

प्रतिगमनले टाउको उठाउन खोजे प्रतिकार हुन्छ : एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य पन्थ

प्रतिगमनले टाउको उठाउन खोजे प्रतिकार हुन्छ : एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य पन्थ

images
  • प्रतिगमनले टाउको उठाउन खोजे प्रतिकार हुन्छ : एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य पन्थ
    images

    देवदह । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सल्लाहकार परिषद् सदस्य डिल्लिराज पन्थले प्रतिगमनले टाउको उठाउन खोजे त्यसको प्रतिकार गरिने बताएका छन् । पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको ‘जनजागरण कार्यक्रम’ अन्तर्गत देवदहको वडा नं ९ र १० शाखा कमिटिको भलुहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरु पार्टीको निर्देशन कुरेर बसेको बताए । 

    images
    images
    images

    उनले व्यवस्थामा केही कमजोरी भएपनी त्यसलाइ सच्याएर जानुपर्ने तर्क गरे । ‘कमि कमजोरी दलका नेताहरुमा छँदै छैन भन्ने होईन ।’ उनले भने, ‘भएका कमिकमजोरीलाई सच्याउनका लागि खवरदारी समेत गर्नुपर्नेछ ।’ बेलामौकामा सामन्ति अवशेस हरुले टाउको उठाउने प्रयास गर्ने गरेको भन्दै पन्थले अग्रगमनले प्रतिगमनलाइ परास्त गर्ने दावी गरे । राजनीतिक संक्रमण केहि समय यता झाँगिएको उल्लेख गर्दै केन्द्रिय परिषद सल्लाहकार पन्थले यो समयमा  सम्यमित भएर अघि बढ्नुपर्ने तर्क गरे ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रिय प्रतिनिधि परिषद सदस्य ऋषिराम सापकोटाले वर्तमान संविधानले राजालाई नचिन्ने बताए । लोकतन्त्रको विकल्प राजतन्त्र कदापि होइन भन्दै उनले पछिल्लो समय लोकतन्त्रलाई लिड गरेका नेताहरुका पनि भ्रस्टाचारका कुराहरु बाहिर आएकाले त्यसको छानविन गर्न दवाद दिनुपर्ने उल्लेख गरे । संविधानमा केहि फेरबदल गर्नुपर्ने भए सहमतिमा गर्न सकिने भन्दै संविधानमै नभएको राजतन्त्रको पछि नलाग्न उनले सवैलाई आग्रह गरे ।  

    images
    images

    पुर्वराजालाइ यतिविधि गतिविधी गरेर हिड्ने अवसर पनि वर्तमान लोकतान्त्रिक व्यवस्थाले दिएको भन्दै उनले ज्ञानेन्द्र शाहले लोकतन्त्र मास्न खोजेकाले नयाँ ब्यवस्था आएको उल्लेख गरे ।

    वडा नं ९ शाखा कमिटी अध्यक्ष रामप्रसाद विश्वकर्माको अध्यक्षता, नगर कमिटि अध्यक्ष केशव प्रसाद भट्टराईको स्वागत र शाखा कमिटि सचिव केशवराज पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो । 

    देशैभरी जनजागरण अभियान सञ्चालन गरिरहेको नेकपा एमालेले संघिय समावेशी संविधान र लोकतन्त्रका पक्षमा अडिग रहेको र त्यसको विरुद्धमा कोहि लागेमा शसक्त प्रतिकार गर्ने जनाएको छ । देशलाइ अस्थिरता तर्फ लैजाने तत्वहरु प्रती सचेत रहन आग्रह गर्दै सोमवार देवदहका विभिन्न ६ स्थानमा जागरण कार्यक्रम गरिएको नगर अध्यक्ष भट्टराईले बताए । भट्टराईका अनुसार सोमवार देवदहको भलुही लगाएत शंकरपुर, ६ नम्बर चोक,  भवानिपुर, खैरेनी र शितलनगरमा कार्यक्रम सम्पन्न भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिगमन
  • # प्रतिकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।