Logo

२०८३, श्रावण २७गते


images
images

संविधानको रक्षा गर्न प्रतिवद्ध छौँ  : संविधान सभा परिषद् नेपाल

संविधानको रक्षा गर्न प्रतिवद्ध छौँ  : संविधान सभा परिषद् नेपाल

images
  • संविधानको रक्षा गर्न प्रतिवद्ध छौँ  : संविधान सभा परिषद् नेपाल
    images
    images

    काठमाडौं । संविधान सभा परिषद् नेपालले अराजक गतिविधिका कारण अस्थिरता सिर्जना भएको बताएको छ । सोमवार सिंहदरबारमा परिषद्ले पत्रकार सम्मेलन गर्दै अहिले देखिएका अराजक गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गरेको ठहर गरेको हो । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै संविधान सभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिका कारण राजनीतिक अस्थिरता सिर्जना भएको, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले राजावादीहरुको प्रदर्शनप्रति इंगित गर्दै संविधानको मर्म र भावना विपरित संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने काम भएको बताए ।

    images
    images
    images

    पौडेलले नेपालको लोकतन्त्र बलिदान, संघर्ष र नेपाली जनताको अभिमतबाट स्थापित भएको भन्दै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् । नेपालमा गणतन्त्र स्थापना गर्नु केबल व्यवस्थागत परिवर्तन मात्र नभइ ऐतिहासिक परिवर्तन रहेको जिकिर संविधान सभा परिषद् नेपालको छ । 

    images
    images
    images

    संविधानको रक्षा गर्न संविधान सभा परिषद् नेपाल प्रतिवद्ध रहेको जिकिर गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निरन्तर लागिरहने सो अवसरमा उनले बताए । संविधान सभा परिषद् नेपालले पछिल्लो समय केही समूहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना विपरित गतिविधि गरिरहेको भन्दै भत्र्सना गरेको छ । 

    अध्यक्ष पौडेलले भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभुति गर्दै नेपाली जनतालाई आश्वस्त बनाउने कार्यमा सबै दलहरु लाग्नुपर्नेमा जोड दिए । संविधान सभा परिषद् नेपालले नेपाली जनताको अपेक्षा र आकंक्षाअनुसार सबै पक्षसँग छलफल गरी संविधानमा रहेका कमजोरीहरुलाई हटाइ आवश्यकताअनुसार संशोधन गर्न सुझाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।