काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् । सोमवार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले महिलाहरु कमजोर नभएको बताए ।
उनले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे । नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको उनले बताए । मन्त्री यादवले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसकेको भन्दै उनले महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको जिकिर गरे ।
खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग उनले आग्रह गरे । मन्त्री यादवले शिक्षामा महिलाहरु धेरै अघि बढिसकेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology