काठमाडौं । लेबनानका स्वास्थ्य अधिकारीहरूकाअनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।
लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।
पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology