Logo

२०८३, श्रावण २७गते


images
images

यातायात

बसपार्कमा यात्रुको झोला तान्ने र अनावश्यक दुःख दिने ३७० जना कारबाहीमा

बसपार्कमा यात्रुको झोला तान्ने र अनावश्यक दुःख दिने ३७० जना कारबाहीमा

images
  • बसपार्कमा यात्रुको झोला तान्ने र अनावश्यक दुःख दिने ३७० जना कारबाहीमा
    images
    images

    काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनालाई कारबाही गरिएको छ। सुरक्षित बसपार्क निर्माणका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आइतबार आयोजना गरेको कार्यक्रममा महासङ्घका पदाधिकारीहरूले यात्रु दुर्व्यवहार रोक्न कडा कदम चालिएको जानकारी दिए।

    images
    images
    images

    महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन प्रहरी, यातायात व्यवसायी तथा मजदुरको समान जिम्मेवारी रहेको छ। वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुको झोला तान्ने र अनावश्यक दुःख दिने गतिविधि रोक्न आवश्यक कदम चाल्नुपर्ने बताए।

    images
    images
    images

    प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बसपार्कको सुरक्षा र मर्यादा कायम गर्न प्रहरी निरन्तर क्रियाशील रहेको जानकारी दिए। प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनामाथि मुद्दा दायर गरिएको बताए।

    images
    images
    images

    देशभरका ७० जिल्लासम्म सार्वजनिक यातायात सञ्चालन हुँदै आएको नयाँबसपार्कलाई व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले विभिन्न सुधारात्मक उपायहरू अपनाएको छ। सो कम्पनीका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार बसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएको छ, जसले यात्रुहरूको सुरक्षामा थप सहयोग पुग्नेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।