देवदह । नेपाल भारत मैत्री संघ देवदह उपशाखाको अध्यक्षमा कोषबहादुर गुरुङ्ग चयन भएका छन् । दशौं सभा तथा तेश्रो अधिवेशनबाट उपाध्यक्षमा दुर्गानारायण डुम्रे, सचिवमा खेमानन्द ज्ञवाली र कोषाध्यक्षमा माया सापकोटा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मीरा भण्डारी, सीता बस्याल, भीमलाल पाण्डे, कुलप्रसाद अधिकारी लगाएत रहेका छन् ।
अधिवेशनले विश्वज्योति रिमालको संयोकजत्वमा लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा धु्रवराज न्यौपाने र खोमबहादुर सिंह ठकुरी चयन भएको निर्वाचन मण्डलका संयोजक हरिप्रसाद ढुंगानाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालले संघले सामाजिक कार्यको अनुपम उदाहरण बनेर काम गरिरहेको बताए । उनले संघ मार्फत यस क्षेत्रका विभिन्न विद्यालयमा स्कुल बस उपलब्ध गराएको र भौतिक संरचना निर्माणको लागि समेत पहल भइरहेको जानकारी दिए ।
कार्यक्रममा संघका जिल्ला सदस्य गणेश पौडेल, संस्थापक सचिव मित्रलाल न्यौपाने, देवदह–५ का सदस्य संगीता विक, देवदह व्यापार संघका बरिष्ठ उपाध्क्ष माधव ढकाल, सल्लाहकार खोमबहादुर सिंह ठकुरी, तुल्सीराम शर्मा, सावित्री वस्याल लगायतले शुभकामना मन्तक्य राखेका थिए ।
कार्यक्रममा देवदह उपशाखाका अध्यक्ष रुद्रमान ढकालले वार्षिक प्रतिवेदन र सचिव दुर्गानारायण डुम्रेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology