काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्व कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहिवारको बैठकमा बोल्दै अध्यक्ष शाहले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो ? भन्दै प्रश्न गरे ।
हत्यका काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भएपनि सरकारले छानविन नगरेको उनको आरोप छ । रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिदा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।
घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर सरकारले अहिलेसम्म दोषि पत्ता लगाएको छैन । अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने समेत बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology