Logo

२०८३, आश्विन ९गते


images
images

एसईई

मधेस प्रदेशका शिक्षा अधिकारीहरूले एसईई परीक्षाका लागि ठूलो चलखेल गरे : मुख्यमन्त्री सिंह

मधेस प्रदेशका शिक्षा अधिकारीहरूले एसईई परीक्षाका लागि ठूलो चलखेल गरे : मुख्यमन्त्री सिंह

images
  • मधेस प्रदेशका शिक्षा अधिकारीहरूले एसईई परीक्षाका लागि ठूलो चलखेल गरे : मुख्यमन्त्री सिंह
    images
    images

    बुटवल । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशअन्तर्गतका शिक्षा अधिकारीहरुले एसईई परीक्षाका लागि ठूलो चलखेल गरेको आरोप  लगाएका छन् । मंगलवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उनले एसईईको परीक्षाका लागि शिक्षा अधिकारीहरुले ठूलो भ्रष्टाचार गरेको बताए । 

    images
    images
    images

    निजी क्षेत्रको मात्रै नतिजा राम्रो हुने र सरकारी तथा सार्वजनिक विद्यालयको नतिजा नराम्रो आउनुमा शिक्षा अधिकारीहरुको कमजोरी रहेको उनको भनाई छ । एसईई मर्यादित बनाउन केन्द्राध्यक्षको रोष्टर निर्माण गर्न आग्रह गरेको भएपनि नगरिएको  उनले गुनासो गरे । 

    images
    images
    images

    उनले अहिले परिक्षा सञ्चालन गर्न दिने तर आगामी दिनमा प्रदेश सरकारले आफ्नो निर्णय गरेर अघि बढ्ने बताए । 

    images
    images
    images

    अहिलेका शिक्षा अधिकृतहरुमाथि कारबाही नगरे मधेस प्रदेशबाट उनीहरुलाई नै हटाउने निर्णइ गरेर अघि बढ्ने उनले चेतावनी दिएका छन्  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।