Logo

२०८३, श्रावण २७गते


images
images

देवदहबाट ३४ थान कलस सहित चोरीमा संलग्न पक्राउ

देवदहबाट ३४ थान कलस सहित चोरीमा संलग्न पक्राउ

images
  • देवदहबाट ३४ थान कलस सहित चोरीमा संलग्न पक्राउ
    images
    images

    देवदह । प्रहरी चौकी खैरेनीले घर तथा मन्दिरमा राखिएका कलश चोरी गर्नेलाई पक्रेको छ । पछिल्लो समय देवदह क्षेत्रमा निरन्तर रुपमा कलश चोरीको घटना वृद्धि भएपछि निगरानी बढाउने क्रममा दुइवटा चरस र ३२ वटा तामाको कलशसहित चोरीमा संलग्नलाई प्रहरीले पक्रेको हो । 

    images
    images
    images

    प्रहरी चौकी खैरेनीबाट खटिएको टोलिले शनिवार राती १२ बजेको समयमा देवदहको देवीदमारबाट कलश सहित एक व्यक्तिलाई पक्राउ गरेको देवदह प्रहरी चौकीका प्रमुख इन्सपेक्टर एक्कबहादुर नेपालीले जानकारी दिए । पक्राउ परेका व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ । 

    images
    images
    images

    इन्सपेक्टर नेपालीका अनुसार यस क्षेत्रमा चोरहरु गिरोहकै रुपमा संलग्न रहेको आशंका भएकाले अनुसन्धान प्रवाहित नहोस भन्नको लागि पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखिएको हो । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाईएको छ । 

    images
    images
    images

    केहि महिना एता रुपन्देही तथा आसपासका क्षेत्रमा घर तथा मन्दिरमा राखिएका कलस, दानपेटीका लगाएतका सामग्रिहरु चोरी हुँदै आएको थियो । चोरीमा संलग्न अन्यको समेत खोजि कार्य भइरहेको देवदह प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।