Logo

२०८३, कार्तिक २७गते


images
images

मार्च १३ लाई लुम्बिनी वकालत दिवसको रुपमा मनाउने टेक्सास प्रदेश सभाको निर्णय

मार्च १३ लाई लुम्बिनी वकालत दिवसको रुपमा मनाउने टेक्सास प्रदेश सभाको निर्णय

images
  • मार्च १३ लाई लुम्बिनी वकालत दिवसको रुपमा मनाउने टेक्सास प्रदेश सभाको निर्णय
    images

    देवदह । संयुक्त राज्य अमेरिका स्थित टेक्सास प्रदेश सभाले मार्च १३ लाई लुम्बिनी वकालत दिवस को रुपमा मनाउने घोषणा गरेको छ । टेक्सासको राजधानी अस्टिनमा बसेको प्रदेश  सभाले मार्च १३ लाई लुम्बिनी दिवसको रुपमा मनाउने घोषणा गरेको देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले सेतोमसीलाई जानकारी दिए ।

    images
    images
    images

    बुद्ध परिपथ अन्तर्गतका नगरपालिकाहरु देवदह, तिलौराकोट, कपिलवस्तु, रामग्राम तिलोत्तमा र लुम्बिनीका प्रतिनिधि मण्डल हाल टेक्सास भ्रमणमा रहेको छ । भ्रमणमा रहेको प्रतिनिधि मण्डलले समन्वयात्मक बैठक बसेर विभिन्न ५ वटा निर्णयहरु गरेको छ । जस अनुसार बुद्ध परिपथ लुम्बिनी प्रदेश नेपालका पालिकाहरु (कपिलवस्तु, लुम्बिनी साँस्कृतिक, देवदह, रामग्राम, तिलोत्तमा) र नेपालको पर्यटन प्रवद्र्धन, नेपाली धर्म संस्कृतिको सरक्षण तथा विकासका लागि अस्टिनमा स्थापित पशुपतिनाथ मन्दिर एवम् प्रस्तावित बुद्ध स्तुपा र विहार मार्फत लुम्बिनीको प्रचार प्रसारमा सहयोग र सहकार्य गर्ने निर्णय भएको छ । 

    images
    images
    images

    यसैगरी ग्रेटर अस्टिन नेपाली समुदाय आध्यात्मिक केन्द्र अस्टिन संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवं पदाधिकारीहरु र अस्टिन नागरिकहरुलाई नेपालको बुद्धभुमी बुद्ध परिपथका पालिकाहरु एवम् पर्यटकिय स्थलको भ्रमणको निमन्त्रणा, पर्यटन प्रबद्र्धन र बुद्ध परिपथको प्रचार प्रसारमा निरन्तर सहकार्य गर्ने जनाइएको छ । 

    images
    images

    भ्रमणमा देवदह नगरपालिकाका नगर प्रमुख खरेल लगाएत कपिलवस्तु नगरपालिकका नगर प्रमुख सुदिप पौडेल, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, नेपाल सरकारका उपसचिव राम प्रसाद ज्ञवाली, लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीका लेखा अधिकृत रामचन्द्र अर्याल, लगाएत सहभागी रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।