काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन चेतावनी दिए । अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै उनले नेपाली जनताको भावना समेत ससदमै रहेको उल्लेख गरे ।
‘राजा रहनु बेठिक हो, म फेरि पनि भन्छु तपाई राजगद्दी छोडेर जनता बन्नुस्, पार्टी खोल्नुस् अनि जनताको बीचमा गएर प्रधानमन्त्री भएर देखाउनुस् ।’ गौतमले भने, ‘राजावादीले चाहेर हुने वा नहुने भन्ने विषय होइन । नेपाली जनताले निर्णय गर्ने हो ।’
गौतमले अहिलेको नेतृत्वले आफ्नो सिद्धान्त, परम्परा विपरित प्रधानमन्त्री हत्याउनकै लागि जुनसुकै दलहरुसँग मिल्ने प्रवृत्तिलाई अंगालेको आरोप समेत लगाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology