Logo

२०८३, आश्विन २३गते


images
images

‘नो केबुलकार’ आन्दोलन लिम्बूहरुको मात्रै होइन, सम्पूर्ण उत्पीडितहरुको हो : अन्सारी

‘नो केबुलकार’ आन्दोलन लिम्बूहरुको मात्रै होइन, सम्पूर्ण उत्पीडितहरुको हो : अन्सारी

images
  • ‘नो केबुलकार’ आन्दोलन लिम्बूहरुको मात्रै होइन, सम्पूर्ण उत्पीडितहरुको हो : अन्सारी
    images
    images

    काठमाडौं । ताप्लेजुङको मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ ।

    images
    images
    images

    काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले सम्बोधन गरेका हुन् । उनले केबुलकार निर्माण खारेजीको आन्दोलन लिम्बुहरूको मात्रै नभएको भन्दै उत्पीडित जनता, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको आन्दोलन रहेको बताए । 

    images
    images
    images

    राज्यद्वारा गरिएको दमनको घोर भत्र्सना तथा निन्दा गर्दै उनले दमन र उत्पीडन गर्ने यस घटनाका जिम्मेवार दोषीहरुलाई छानबिन गरी तुरुन्त कारबाही गर्न र वार्ताको वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन् ।  ‘सरकारले उत्पीडित जनतालाई आफ्नो अधिकार र पहिचान माग्दाखेरि र संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दाखेरि जसरी राज्यले दमन गरिरहेको छ र राज्यको त्यो हिम्मत र साहस र यति हेप्ने प्रवृत्त् िकिन भइरहेको छ ?’ उनले भने, ‘राज्यले आफ्नो सीमा नाघेर बन्दुकको बलमा शासन गर्न खोज्छ, त्यतिबेला नेपालका सबै उत्पीडित जनताले मिलेर प्रतिकार गर्नेछन् ।’ 

    images
    images
    images

    उनले राज्यद्वारा गरिएको आतंक र निरंकुशता तथा मुलुकलाई पश्चगमनतर्फ धकेल्ने सबै प्रयासहरूको विरुद्ध नेपालका उत्पीडित जनता एकजुट भई लड्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।