Logo

२०८३, आश्विन ११गते


images
images

देवदहमा नदीजन्य पदार्थ निकासीको तयारी,  चुरे क्षेत्रका खोलाबाट साढे ४ करोड बढी राजश्व संकलन हुने

देवदहमा नदीजन्य पदार्थ निकासीको तयारी,  चुरे क्षेत्रका खोलाबाट साढे ४ करोड बढी राजश्व संकलन हुने

images
  • देवदहमा नदीजन्य पदार्थ निकासीको तयारी,  चुरे क्षेत्रका खोलाबाट साढे ४ करोड बढी राजश्व संकलन हुने
    फाईल फोटो : नदीजन्य पदार्थ उत्खनन (सांकेतिक तस्विर)
    images
    images

    देवदह । देवदह नगरपालिकाले चुरे क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ निकासीको तयारी गरेको छ । नगरपालिकाले चुरे क्षेत्रका खोलाहरुबाट ६६ हजार दुई सय २६ घनमिटर नदिजन्य पदार्थ उत्खननको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट सहमति प्राप्त गरेसंगै ठेक्का प्रक्रियाको तयारीमा जुटेको हो । 

    images
    images
    images

    नगरपालिकाले चरङ्गे ठाडो खोला, चरङ्गे बीच खोला, भलुही खोला, घोडाह दाउन्ने र घोडाह सरन खोलाको ठेक्का प्रक्रिया अघि बढाउन बुधवार आयोजित सर्वपक्षीय बैठकमा बोल्दै नगरपालिकाका इन्जिनियर रवि पाण्डेले चुरे क्षेत्रका खोलाहरुको नदीजन्य पदार्थ विक्रीबाट कम्तिमा ४ करोड ६७ लाख ७५ हजार रुपैंया राजश्व संकलन हुने बताए । 

    images
    images
    images

    पाण्डेका अनुसार चरङ्गे ठाडो खोलाबाट चार हजार एक सय ५५ घनमिटर, चरङ्गे बीच खोलाबाट चार हजार आठ सय ६० घनमिटर, भलुही खोलाबाट ११ हजार पाँच सय ९६ घनमिटर, घोडाहा दाउन्नेबाट ३५ हजार छ सय १५ घनमिटर र घोडाह सरन खोलाबाट १० हजार घनमिटर नदिजन्य पदार्थ उत्खनन गरिने छ ।

    images
    images
    images

    सर्वपक्षीय बैठकमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले बस्ती डुबान रोक्न, नदिजन्य पदार्थको अबैध निकासी रोक्न तथा नगरपालिकालाई राजश्व संकलन गर्नको लागि खोला ठेक्का दिन लागिएको बताए । ‘५० प्रतिशत नदिजन्य पदार्थ चोरी गरेरै सकियो ।’ उनले भने, ‘प्रक्रिया पु¥याएर नदिजन्य पदार्थको उत्खनन र निकासी गर्दा स्थानीय विकासको लागि राजश्व संकलन पनि हुन्छ ।’ नदिजन्य पदार्थ विक्रीबाट आउने रकमको २० प्रतिशत रकम सम्बन्धित क्षेत्रलाई नै छुट्याइने नगर प्रमुख खरेलको भनाइ छ । 

    त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले आन्तरिक स्रोतको सहि सदुपयोग गर्नु सबैको दायित्व रहेको बताए । ‘हामी सबै जिम्मेवार छौं, नदिजन्य पदार्थ विक्रीबाट प्राप्त रकम हाम्रै विकासमा खर्च हुने हो ।’ सापकोटाले भने, ‘यसका लागि सबैको सहयोग र सहकार्य हुने हमीले वश्वास लिएका छौं ।’ 

    बैठकमा बुद्ध सामुदायिक वन, प्रगति सामुदायिक वन, सरहनकाली सामुदायिक वन, शिवालय सामुदायिक वन, पाल्पाली सामुदायिक वन, शृष्टि सामुदायिक वन, जनप्रिय सामुदायिक वन लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुले स्थानीयसंग समन्वय बढाउन र सहमति कायम गरेर मात्र ठेक्कामा लगाउन सुझाब दिएका थिए । 

    देवदह नगरपालिकाले यसअघि नै चुरेभन्दा बाहेकका खण्डबाट नदीजन्य पदार्थ निकासीको लागि टेण्डर आव्हान गरिसकेको छ । जसअनुसार चुरेबाहेकका खण्डबाट जम्मा १ लाख १७ हजार ९ सय ३७ घनफिट नदीजन्य पदार्थ निकासी गर्ने र सो वापत  २ करोडभन्दा बढी राजश्व सङ्कलन गर्ने नगरपालिकाको तयारी छ । 

    यसरी देवदहका विभिन्न खोलाहरुबाट नगरपालिकाले निकासी गर्ने नदिजन्य पदार्थबापत नगरपालिकाले कम्तिमा साढे आठ करोड रुपैयाँ राजश्व संकलन गर्ने देखिएको छ । ठेक्का प्रक्रियामा जाँदा रकम बढाबढमा जाने नगरपालिकाले जनाएको छ ।    

    nagar palika.jpg

    आर्थिक वर्ष २०८१÷०८२ मा देवदह नगरपालिकाले २५ करोड रुपैंया राजश्व संकलनको लक्ष्य लिएको छ । जसको मुख्य स्रोत नदिजन्य पदार्थको विक्री रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।