Logo

२०८३, आश्विन ९गते


images
images

म्यान्चेस्टर सिटी एफए कपको क्‍वाटरफाइनलमा

म्यान्चेस्टर सिटी एफए कपको क्‍वाटरफाइनलमा

images
  • म्यान्चेस्टर सिटी एफए कपको क्‍वाटरफाइनलमा
    images
    images

    काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस एफए कप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा प्लाइमाउथ अर्गाइललाई ३-१ ले हराउँदै सिटी अन्तिम आठमा प्रवेश गरेको हो ।

    images
    images
    images

    सिटीको जितमा निको ओरिलीले २ तथा एर्लिङ हालान्डले एक गोल गरे । प्लाइमाउथका माक्सिम तालोभिरोभले १ गोल गरे ।

    images
    images
    images

    खेलको ३८औं मिनेटमा तालोभिरोभले गोल गर्दै प्लाइमाउथलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा ओरिलीले गोल गरेपछि पहिलो हाफमै सिटीले खेल बराबरी गर्‍यो ।

    images
    images
    images

    त्यसपछि दोस्रो हाफको ७४औं मिनेटमा ओरिलीले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अगाडि ल्याए । ९०औं मिनेटमा हालान्डले गोल गरेपछि सिटी ३-१ ले विजयी भयो ।

    यसअघी लिभरपुललाई नकआउट गराएर आएको बी डिभिजन क्लब प्लाइमाउथले सिटीविरूद्ध अग्रता लिएपनि जोगाउन भने सकेन ।

    गएराति नै भएका अन्य खेलमा बर्नमाउथले वुल्भ्सलाई सडन डेथमा हराउँदा क्रिस्टल प्यालेसले मिलवाललाई ३-१, एस्टन भिल्लाले कार्डिफलाई २-० तथा प्रेस्टनले बर्नलीलाई ३-० ले हराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्यान्चेस्टर सिटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।