Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेश सकारले अनुदान वितरणमा विभेद गर्यो : अनलाइन मिडिया सोसाइटी

लुम्बिनी प्रदेश सकारले अनुदान वितरणमा विभेद गर्यो : अनलाइन मिडिया सोसाइटी

images
  • लुम्बिनी प्रदेश सकारले अनुदान वितरणमा विभेद गर्यो : अनलाइन मिडिया सोसाइटी
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सकारले सञ्चारगृहहरुलाई समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने अनुदान रकममा विभेद गरिएको भन्दै अनलाइन मिडिया सोसाइटी लुम्बिनी प्रदेशले आपत्ति जनाएको छ । प्रदेश सरकारले अनलाइन मिडियालाई मासिक एक हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णयले राहतभन्दा बढी अपमानित हुनु परेको सोसाइटीले जनाएको छ । 

    images
    images
    images

    सोसाइटीका लुम्बिनी प्रदेश अध्यक्ष गौतम भुसाल तथा महासचिव दिपक घिमिरेले बिहिवार विज्ञप्ति जारी गर्दै प्रदेश सकारको निर्णय सच्याउन आग्रह गरेका छन् । ‘लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सञ्चार गृहहरुलाई सूचना तथा समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने भनिएको अनुदान रकममा डिजिटल मिडियाप्रति गरिएको विभेदपूर्ण व्यवहारप्रति अनलाइन मिडिया सोसाइटी लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण तथा आपत्ति रहेको छ ।’–विज्ञप्तिमा उल्लेख गरिएको छ । 
     
    मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना तथा यसको संस्थागत विकासका लागि अनलाइन मिडियाले विगतदेखि वर्तमानसम्म महत्वपूर्ण भूमिका खेलेको बताउँदै विज्ञप्तिममा विश्वव्यापीकरण तथा सूचना प्रविधिको बिकाससँगै जनतालाई सुसूचित गर्ने काममा सबैभन्दा छिटो छरितो र सहज पहुँचको रुपमा बिकसित हुँदै गएको अनलाइन मिडियाको भूमिका महत्वपूर्ण रहेको कुरालाई स्मरण गराइएको छ । सरकाले अनुदान रकम उपलब्ध गराउने सवालमा विभेदपूर्ण र अत्यन्तै अपमानित गरेको सोसाइटीको आरोप छ । 
     
    ‘सरकारले अनलाइन मिडियाप्रति गरेको विभेदपूर्ण व्यवहारले हामीलाई अपमानित मात्र बनाएको छैन, मुलुकको लोतन्त्र रक्षा तथा जनतालाई सुसूचित हुने अधिकारबाट समेत विमुख बनाउने खेलको रुपमा हामीले यस घटनालाई लिएका छौं ।’-विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

    images
    images
    images

    सरकारले सञ्चारगृहहरुप्रति गरेको विभेदपूर्ण नीतिलाई तत्काल सच्याउन आग्रह गर्दै सोसाइटीले सरकारले उपलब्ध गराउने भनेका अनुदान रकम सरकारकै खातामा थप गरेर पठाएर विरोधमा उत्रिने चेतावनी दिएको छ । प्रचलित बजार मूल्य र अवस्थालाई समेत ख्यान नगरी अनलाइन मिडियाप्रति अपमानपूर्ण निर्णय गरिएको बताउँदै नसच्याउँदासम्म सरकारका गतिविधिहरुलाई समेत बहिस्कार गर्नेगरी आन्दोलनमा जान सक्ने चेतावनी दिइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।