काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् । बिहीवार नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए ।
खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाउँदै उनले मन्त्रालय बसेरै भएपनि काम गर्ने उल्लेख गरे । पाइप फुट्ने समस्या, फोहोर पानी आएको गुनासोहरु आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको बताए । उनले त्यस्ता समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।
कल सेन्टर स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिँदै उनले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरु ल्याउनुपर्ने उनको भनाई छ ।
‘मन्त्री यादवले भने, ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरै जसो शाखाहरु घाटामा नै छन् । यो सेवाको भावनाले चलेको संस्थान भएकाले र खानेपानी यसको बारे सवैले चिन्तन गनर्नुपर्ने बताए ।‘
मन्त्री यादवले खानेपानी सेवा महशुल दरमा पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकुल गर्ने अहिलेको आवश्यकता रहेको समेत बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology