Logo

२०८३, श्रावण २७गते


images
images

महाशिवरात्रीमा होस्टेल एसोसिएसनको निशुल्क पिउने पानी

महाशिवरात्रीमा होस्टेल एसोसिएसनको निशुल्क पिउने पानी

images
  • महाशिवरात्रीमा होस्टेल एसोसिएसनको निशुल्क पिउने पानी
    images
    images

    काठमाडौं । महाशिवरात्रीको अवसर नेपाल होस्टेल एसोसिएसनले काठमाडौं निशुल्क पानी बितरण गरेको छ। पशुपतिनाथ मन्दिर र मध्य बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालयस्थित महादेव मन्दिरमा पुजाआजा एवं अवलोकन गर्न पुगेका भक्तजनहरुलाई निशुल्क पानी बितरण गरिएको एसोसिएसनका जिल्ला अध्यक्ष भोजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    करिब २००० भक्तजनलाई निशुल्क रुपमा पानी पिउने सेवा दिइएको संस्थाले जनाएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महाशिवरात्रीको दिन संस्थाले पानी बितरण गर्दै आएको अध्यक्ष श्रेष्ठ भनाई छ ।

    images
    images
    images

    कार्यक्रममा एसोसिएसनका  पुर्व केन्द्रिय अध्यक्ष सुबास कोइराला, निबर्तमान अध्यक्ष अरुण पराजुली लगायत जिल्ला तथा केन्द्रिय पदाधिकारीको उपस्थित रहेको थियो । 

    images
    images
    images

    काठमाडौ, भक्तपुर र ललितपुर क्षेत्रमा रहेका होस्टेल व्यवसायीको साझा संस्था होस्टेल एसोसिएसनले रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर संचालनजस्ता सामाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।