Logo

२०८३, कार्तिक २६गते


images
images

काव्य मञ्जरीमा गुञ्जिए गजल, देवदहका अग्रज स्रष्टा निर्मल ढुङ्गाना सम्मानित

काव्य मञ्जरीमा गुञ्जिए गजल, देवदहका अग्रज स्रष्टा निर्मल ढुङ्गाना सम्मानित

images
  • काव्य मञ्जरीमा गुञ्जिए गजल, देवदहका अग्रज स्रष्टा निर्मल ढुङ्गाना सम्मानित
    images

    देवदह । गजल सागर नेपालको आयोजना र गजल इन्द्रेणी प्रकाशन समूहको सहआयोजनामा शनिबार बुटवलमा काव्य मञ्जरी-२ सम्पन्न भएको छ । कार्यक्रममा अग्रजदेखि अनुज गजलकारहरूले गजल बाचन गरे ।

    images
    images
    images

    कार्यक्रममा गजलकार रमेश सर्मथन, गणेश खनाल, पूजा जिज्ञासु र गुमनाम मुसाफिरले पाँच-पाँचवटा गजल सुनाए । 

    images
    images
    images

    कार्यक्रममा अग्रज साहित्यकार निर्मल ढुङ्गाना र पोखराका गजलकार आवाज शर्मालाई विशिष्ट सम्मान गरिएको छ । सेतोमसीका स्तम्भकार र केरवानी मावि देवदहका प्रधानाध्यापक समेत रहेका ढुङ्गानाका नेपाली साहित्यमा 'दिन हराएको दिन' गजल सङ्ग्रह (२०६५), 'नवैलिने फूलहरु' गजल सङ्‌ग्रह (२०६५), 'मुक्तक मिठास' संयुक्त मुक्तक सङ्ग्रह (२०७१), बतासा कथा सङ्ग्रह (२०७४) लगायतका कृतिहरु प्रकाशित छन् ।

    images
    images

    नेपाली साहित्य क्षेत्रको विकास र समाज रूपान्तरणका लागि साहित्यका माध्यमबाट दिएको योगदानको मूल्याङ्कन गर्दै ढुङ्गाना र शर्मालाई सम्मान गरिएको गजल सागर नेपालका सचिव कृष्ण गाउँले बताए ।

    गजल सागर नेपालका दीप मिलनको अध्यक्षता, प्राध्यापक डा. हिरण्यलाल ज्ञवालीको प्रमुख आथित्यतामा र सचिव कृष्ण गाउँलेको सञ्चालन रहेको कार्यक्रम न्यु होराइजन आवासीय माध्यमिक विद्यालय कालिकानगरमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।