देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रुपन्देहीको ओमसतिया आउने भएका छन् । जुमहानी पोखरा ताल पार्कको शिलान्यास गर्न फाल्गुन २८ गते प्रचण्ड ओमसतिया आउन लागेका हुन् ।
ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित जुमहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास गर्न पुर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड रुपन्देही आउन लागेको ओमसतिया-६ का वडा अध्यक्ष शिव कुमार धवलले जानकारी दिए ।
तत्कालिन अर्थमन्त्री बर्षमान पुनको कार्यकालमा १ करोड २७ लाख बजेट विनियोजन भएको पार्क निर्माण र सौन्दर्यकरणको लागि ८८ लाखको बोलपत्र आह्वान स्वीकृत भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology