Logo

२०८३, कार्तिक २७गते


images
images

१५औँ महाधिवेशन विधान र संविधानको प्रावधानअनुसार हुन्छ : प्रकाशमान सिंह

१५औँ महाधिवेशन विधान र संविधानको प्रावधानअनुसार हुन्छ : प्रकाशमान सिंह

images
  • १५औँ महाधिवेशन विधान र संविधानको प्रावधानअनुसार हुन्छ : प्रकाशमान सिंह
    images

    धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १५ औँ महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन् । कांग्रेस धनुषाले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले सबैलाई मिलाएर आगामी महाधिवेशन हुने बताएका हुन् ।

    images
    images
    images

    ‘विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनर्स्थापना भएदेखि नै चार वर्षमा कहिल्यै महाधिशेन भएको छैन,’ पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो,’ ।

    images
    images
    images
     

    उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री समेत रहेका सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी  कमजोरजस्तो देखिएको बताए ।

    images
    images

    ‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौँ,’ उनले भने, ‘समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ रु हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिने गरी पार्टी संगठनलाई अघि बढाऔँ ।’ 

    कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै सिंहले अहिले कांग्रेसलाई ‘साइड लाइन’मा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखा परेकोमा चिन्ता व्यक्त गरे 

    उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता–कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए । पार्टीको नीति, सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने नेता सिंहको भनाइ थियो । 

    कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, गुरु बराल, नैनसिंह महर सहभागी थिए । कांग्रेस पूर्वमहामन्त्री सिंह धनुषामा रहँदा शनिबार पार्टीको प्रचार प्रसार विभागले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।