Logo

२०८३, कार्तिक २७गते


images
images

दुर्घटना

कुम्भ मेलाबाट फर्किँदै गर्दा फेरि अर्को दुर्घटना : ४ नेपालीको मृत्यु

कुम्भ मेलाबाट फर्किँदै गर्दा फेरि अर्को दुर्घटना : ४ नेपालीको मृत्यु

images
  • कुम्भ मेलाबाट फर्किँदै गर्दा फेरि अर्को दुर्घटना : ४ नेपालीको मृत्यु
    images

    सप्तरी । कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्य अन्तर्गत गोरखपुरमा मेलाबाट फर्किदै गरेको स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप वडा नम्बर ७ का अन्दाजी ६५ वर्षीय पर्शुराम चौधरी, ५५ वर्षीया लीलाबती देवी र कञ्चनरुप वडा नम्बर ५ का ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् ।

    images
    images
    images

    यसैगरी, सोही दुर्घटनामा सुनसरीको मधुवनकि सन्तुलिया देबि यादवको पनि निधन भएको छ । 

    images
    images

    दुर्घटनामा परि ५ जना घाइते भएका छन् । घाइतेहरुमा  कञ्चनरुप ७ का ६० वर्षिय उपेन्द्रनारायण चौधरी, बर्ष ५० कि ललोदेवी यादव, बर्ष ६० का जितु यादव, बर्ष ५५ को पपिटलाल चौधरी र उनकी ५० वर्षिय श्रीमति बिना देवि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरिका प्रहरी निरिक्षक उदय कुमार राइले सेतोमसिलाइ बताए । प्रहरी निरिक्षक राइका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

    मृतकको शव ल्याउन दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको स्थानिय कन्चनरुप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द   चौधरीले जानकारी दिए   ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुम्भ मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।