Logo

२०८३, कार्तिक २७गते


images
images

महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर

महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर

images
  • महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर
    images

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले शुक्रबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय कार्यक्रम सम्बोधन गर्दै नेता महरले १५औँ महाधिवेशन विधानअनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टीसामु रहेको बताए । 

    images
    images
    images

    समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ–आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । ‘अब महाधिवेशनको १० महिना मात्र बाँकी छ । तर, जिम्मेवारपूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम–कारबाही गम्भीर नदेखिएको आमनेता–कार्यकर्ताको बुझाई छ,’ महरले भने । 

    images
    images

    कांग्रेसको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देखाउने चरित्र भनेकै प्रजातान्त्रिक व्यवहार र आवधीक निर्वाचन भएकाले त्यसलाई पार्टीले जीवन्त तुल्याउनुपर्ने उनको भनाइ थियो । नेता महरले लोकतान्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने जिकिर गरे । 

    नेता महरले सञ्चार र प्रविधिमा युवाको उपस्थिति देखाउन तथा ‘मिस इन्फरमेसन’ र ‘डिस इन्फरमेसन’बाट जनतालाई सजग गराउन प्रविधिको विकाससँगै पहुँच र सिकाइ बलियो हुनुपर्ने बताए । ‘आर्टिफिसियल इन्टेलिजेन्स’को समयमा कुनै पनि राजनीतिक दलले गर्ने प्रचार सामग्री तथ्य र सत्यमा आधारित हुनुपर्ने महरको भनाइ थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।