Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज

images
  • पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    images
    images
    images

    पोखरा भ्रमण वर्ष २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

    images
    images
    images

    अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएका मेयर आचार्यले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरे ।    
                                                                                                                                             सोही घटनामा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

    images
    images
    images

    आचार्यले एक विज्ञप्ति जारी गर्दै

    ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्री ज्यू तीन दिन अघि नै डिस्चार्ज हुनु भएको थियो, भने म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु।

    उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, किर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु।

    यस कठिन समयमा स्वास्थ्यलाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद, र हौसला प्रदान गर्ने सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, सम्माननीय सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीज्यूहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, माननीय उपप्रधानमन्त्रीज्यू, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरू, संघीय तथा प्रदेश सांसदज्यूहरू, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कूटनीतिक नियोगका व्यक्तित्वहरू, महानगर परिवार ,स्थानीय प्रसासन, सुरक्षाकर्मी, मिडिया प्रतिनिधिहरू, पोखरेली जनसमुदाय तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण साथीहरू , शुभेच्छुक महानुभावहरू प्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।

    ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन तपाईंहरूको साथ, सहयोग, र सुझाव सधैं अपेक्षित रहनेछ।

    यस कठिन घडीमा तपाईंहरूको सद्भाव, मायालु सन्देश, र मनोबल प्रदान गर्ने शुभेच्छाहरू मेरो लागि अत्यन्त प्रेरणादायी रहेका छन् । हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।