Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा

नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा

images
  • नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा
    images
    images

    काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन्  । 

    images
    images
    images

    नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।

    images
    images
    images

    सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफमा गरेको गोल नेपालको जितका लागि पर्याप्त रह्यो ।

    दशरथ रंगशालामा लेबनान विरूद्ध नेपालले खेल अवधिभर दबाब बनायो । गोल गर्ने अवसर आधा दर्जन भन्दा बढि सिर्जना गर्यो। जहाँ एक गोल मात्र संभव भयो।

    खेलको नवौं मिनेटमा लेबनानको प्रयास सफल भएन्। नेपालको डिफेन्सिभ ल्याकमा क्रिस्टि मलाउफले बक्स भित्रबाट हानेको प्रहारलाई गोल किपर अञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गरेर बचाइन्। खेलको दशौं मिनेटमा नेपालले पनि मौका गुमायो। विमला चौधरीले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार आकाशियो।

    खेलको १३ औं मिनेटमा लेबनानकी लायला इस्कन्दरले पाएको मौकालाई गोलमा परिणत गर्न सकिनन्। यसपछि १५ औं मिनेटमा प्रिती राईले हानेको लङ रेन्ज सट क्रसबार नजिकैबाट बाहिरियो ।

    ३१ औं मिनेटमा लेबनानकी क्रिस्टी मलाउफले दिएको क्रसमा लायला स्कन्दरले कनेक्ट गर्नुभन्दा पहिले नै गिल किपर अञ्जिलाले खुट्टाले बचाइन् र पुजा रानाले बल क्लीयर गरिन्।

    यसपछि नेपालले ४२ औं मिनेटमा अग्रता बनायो। बिमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लीयर गरेको बललाई साबित्राले बक्स बाहिरबाट हानेको पावरफुल सट फराह इल टयारलाई रुफ्लेक्ट हुँदै गोलमा परिणत भयो। यो सँगै नेपालले पहिलो हाफमा १-० को अग्रता बनायो।

    ५९ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने उत्कृष्ट मौका खेर फाल्यो। साम्बाले दिएको सटिक क्रसमा अनमार्क पोजिसनमा रहेकी सबिता राना मगरले हानेको प्रहार आकाशियो।

    दोस्रो हाफमा तीन खेलाडी परिवर्तन गर्यो। यो क्रममा प्रमुख स्टाइकर लायला इस्कन्दरलाई समेत परिवर्तन गरेको थियो। तर पनि लेबनानले उत्कृष्ट मुभहरू बनाउन सकेन्। इन्जुरी समयमा जवहा अरबीले बक्स बाहिबाट हानेको प्रहार क्रसबारमा लागेर फर्कदा नेपाल गोल खानबाट जोगियो।

    दोस्रो हाफमा दुवै टिमबाट गोल नहुँदा साम्बा कै गोल निर्णायक बन्यो। १-० को जितमा लगातारको दोस्रो जुत सहित नेपालले फाइनलमा स्थान बनायो। फाइनल प्रतिद्वन्द्वी म्यानमारसँगनै नेपालले लिग चरणको अन्तिम खेलमा विहिवार खेल्नेछ।

    च्याम्पियनसिपमा आइतवार लिगमा पहिलो खेल २ बजे लेबनान र कीर्गिस्तान तथा दोस्रो खेल साँझ ६ नेपाल र म्यानमारबिच हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।