Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : लेबनान विरुद्ध पहिलो हाफमा नेपाललाइ एक गोलको अग्रता

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : लेबनान विरुद्ध पहिलो हाफमा नेपाललाइ एक गोलको अग्रता

images
  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : लेबनान विरुद्ध पहिलो हाफमा नेपाललाइ एक गोलको अग्रता
    फाइल फोटो
    images

    काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीवार नेपाल र लेबनानबीच खेल भइरहेको छ ।

    images
    images
    images

    दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएर दोश्रो हाफको खेल सुरु हुदा सम्म नेपाल एक गोलले अगाडि छ । पहिलो हाफको अन्त्यतिर नेपालले गोल गरेको हो ।

    images
    images
    images

    सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।

    images
    images

    १०औं मिनेटमा लेबनानकी क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा नेपालका लागि बिमला चौधरीले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो ।

    १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।


    १७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।


    ३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।