Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा तेश्रो अन्तर विद्यालय उपमेयर छात्रा भलिवल प्रतियोगिता शुरु

देवदहमा तेश्रो अन्तर विद्यालय उपमेयर छात्रा भलिवल प्रतियोगिता शुरु

images
  • देवदहमा तेश्रो अन्तर विद्यालय उपमेयर छात्रा भलिवल प्रतियोगिता शुरु
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा तेश्रो अन्तर विद्यालय स्तरीय उपमेयर छात्रा भलिवल प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिताको एक कार्यक्रमका वीच नगर प्रमुख धुव्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । 

    images
    images
    images

    देवदह नगरपालिकाले हरेक बर्ष उपप्रमुख छात्रा भलिवल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । तेश्रो अन्तर विद्यालय स्तरीय उपमेयर छात्रा भलिवल प्रतियोगिता अन्र्तगत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा ग्रीन प्लान्ट आवासी मावि, केरवानी मावि, कोलिय ईङलिस बोर्डिङ स्कुल, न्यू लुम्विनी बोर्डिङ  स्कुल र देवदह मावि दोश्रो चरणमा प्रवेश गरेका छन्  । खेलमा ग्रीन प्लान्ट स्कुलले एशियनलाईट बोडिङ्गलाई २५–१८, २५–१३ को सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । यसैगरी केरवानी मविले महामाया भवानी माविलाई २५–२२, २५–१९ को सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगतको तेश्रो खेलमा कोलिय बोर्डिङ स्कुलले जनप्रिय माविलाई २५–१६, २५–१० को सोझो सेटमा हराएको छ । न्यू लुम्विनी बोर्डिङ  स्कुलले भविश्ष्य निर्माण माविलाई २५–२३, २५–१६ को सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको प्रताप खवासले जानकारी दिए । 

    images
    images
    images

    यसैगरी देवदह माविले मदरल्याण एकेडेमीलाई २५–१२, १५–२, को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ भने मदरल्याण एकेडेमीले २५–१२ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा देवदहका १७ वटा विद्यालयको सहभागिता रहेको शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्धितिय हुनेले नगद ३० हजार, तृतिय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल प्राप्त गर्ने अधिकृत ढकालले जानकारी दिए । नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षता, सदस्य मिलन मास्की रानाको स्वागत र सदस्य सचिव पर्शुराम ढकालको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।