Logo

२०८३, कार्तिक २५गते


images
images

संघीयताको नाममा अमेरिकाबाट आएको रकमको हिसाब माग्नुपर्छः ज्ञानेन्द्र शाही

संघीयताको नाममा अमेरिकाबाट आएको रकमको हिसाब माग्नुपर्छः ज्ञानेन्द्र शाही

images
  • संघीयताको नाममा अमेरिकाबाट आएको रकमको हिसाब माग्नुपर्छः ज्ञानेन्द्र शाही
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शीर्षकमा आएको रकमको हिसाब माग्नुपर्ने बताएका छन्।

    images
    images
    images

    बिहीबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भनेकोले कसले र किन ल्यायो छानबिन गरी कारबाही गर्नुपर्ने बताए।

    images
    images
    images

    उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शीर झुकेको भन्दै भ्रष्ट नेताहरुकै कारण यस्तो भएको जिकिर गरे।

    images
    images

    नेपाल राष्ट्र बैंकको अनुमतिबिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ।

    प्रमुख सचेतक शाहीले एमसीसी पास गर्नेहरुप्रति व्यङ्ग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरु देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको जिकिर गरे।  उनले एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था पुगेको दाबी गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।