Logo

२०८३, कार्तिक २७गते


images
images

वुमन्स च्याम्पियनसिप : म्यानमारको लगातार दोस्रो जित

वुमन्स च्याम्पियनसिप : म्यानमारको लगातार दोस्रो जित

images
  • वुमन्स च्याम्पियनसिप : म्यानमारको लगातार दोस्रो जित
    images

    काठमाडौं । म्यानमारले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा बिहीवार किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

    images
    images
    images

    दशरथ रंगशालमा भएको खेलमा म्यानमारले दोस्रो रोजाइको टिम मैदान उतारे पनि सुरुवातदेखि नै दबाब बनाउँदै पहिलो हाफमै चार गोल गरेको थियो ।म्यानमारका लागि युन वादी एलाइङ र मे हेट लुले दुई-दुई तथा सादार लिनले एक गोल गरे ।

    images
    images
    images


    म्यानले पहिलो खेलमा लेबनानलाई ३-१ ले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि २ खेलबाट ६ अंक जोडेर म्यानमार शीर्ष स्थानमा छ र फाइनल नजिक पुगेको छ ।

    images
    images

    युन वादीले खेलको दोस्रो मिनेटमै गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । सानदार लिनले
    ३०औं मिनेटमा गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन् । मे हेट लुले ३५औं र युन वादीले ४१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारले पहिलो हाफमै चार गोलको अग्रता बनाएको थियो । मे हेट लुले ४९औं मिनेटमा एक गोल थपिन् ।

    च्याम्पियनसिपमा आजै घरेलु टोली नेपालले लेबनानसँग खेल्नेछ । खेल साँझ ६ बजे सुरु हुनेछ । यदी नेपालले लेबनालाई हराएरमा म्यानमार र नेपालले अन्तिम खेलमा खेल्नुअघि नै फाइनलमा स्थान पक्का गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वुमन्स च्याम्पियनसिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।