Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा बिस्फोट भएको बलुनमा हाइड्रोजन भर्ने एक जना पक्राउ

पोखरामा बिस्फोट भएको बलुनमा हाइड्रोजन भर्ने एक जना पक्राउ

images
  • पोखरामा बिस्फोट भएको बलुनमा हाइड्रोजन भर्ने एक जना पक्राउ
    images

    राजेश पराजुली, पोखरा । पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने उद्घाटन समारोहमा बलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ । गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो । प्रहरीले सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

    images
    images
    images

    हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखरा महानगरका मेयर आचार्य अझै अस्पतालमै उपचार रहेका छन् ।

    images
    images

    हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पु¥याएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा भ्रमण वर्ष २०२५
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।