Logo

२०८३, कार्तिक २७गते


images
images

पाँच नेपाली खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने

पाँच नेपाली खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने

images
  • पाँच नेपाली खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने
    images

    काठमाडौँ । नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

    images
    images
    images

    आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उक्त प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएका छन् ।

    images
    images
    images

    प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठले चुनौती प्रस्तुत गर्दैछन् । जुनियरमा भने बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ । उनीहरूको प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन् ।

    images
    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बुधवार नेपाली टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा घिसिङले आफूले गरेको प्रशिक्षणअनुरूप प्रतियोगिता पनि देखाउन सुझाव दिए । साथै उनले एसियन गेम्सको तयारीमा रहेको मिसन–२०२६ मा स्थान बनाउनका लागि उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिँदै अहिले मिसन–२०२६ मा रहेका खेलाडीले राम्रो गर्न नसके उनीहरूको स्थानमा नयाँ राम्रा खेलाडीले अवसर पाउने स्पष्ट पारे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।