Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल खुला लन टेनिस : उपाधिका लागि सुनिरा र अभिलाषा भिड्ने

बुटवल खुला लन टेनिस : उपाधिका लागि सुनिरा र अभिलाषा भिड्ने

images
  • बुटवल खुला लन टेनिस : उपाधिका लागि सुनिरा र अभिलाषा भिड्ने
    images
    images

    बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिगलको उपाधिका लागि अभिलाषा विष्ट र सुनिरा थापा भिड्ने भएका छन् । मंगलवार भएको पहिलो सेमीफाईनलमा अभिलाषाले आईशा डोल्कर गुरुङलाई ६–१, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा स्थान बनाएकी हुन् ।

    images
    images
    images

    यसैगरि दोस्रो सेमीफाईनलमा सुनिरा थापाले भगवती बिकलाई पराजित गरेकी हुन् । थापाले पहिलो सेट ६–० को अग्रता लिएकी थिईन् । दोस्रो सेटमा  भगवती रिटायर्ड हन्ट भएसंगै थापा फाईनल यात्रा तय गरेकी हुन् । 

    images
    images
    images

    यता मेन्स सिगलमा प्रदिप खड्का, निहालजंग थापा, निशान श्रेष्ठ र रितिक राना विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन् । प्रदिपले गोबिन्द नेपालीलाई ६–४, ६–४ को सोझो सेटमा, निहालले सक्षम बिक्रम शाहलाई ६–३, ६–१ को सोझो सेट, निशानले आयुष्मान घलेलाई ६–१, ७–६, ९–७ को सेटमा, रितिकले देव आशिष रेउलालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

    images
    images
    images

     यसैगरि ३५ प्लस सिगलमा सन्तोष खत्रीले बिश्वास श्रीलाई ६–१, ६–१ को सेटमा, दीप जेब राणाले सुमन पौडेललाई ६–०, ६–१ को सेटमा, राजन पौडेलले सबर मियालाई ६–०, ६–० को सेटमा, सोम राना भने वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन् । 

    यसैगरि ४५ प्लस सिगलमा कमल भण्डारीले मनोज नेपाललाई ६–०, ६–१ को सेटमा, माधव भण्डारीले गोपाल ज्ञवालीलाई ६–०, ६–१ को सेटमा, राज गुरुङले सन्दुप के लामालाई २–६, ६–१, १०–८ को सेटमा, देव क्षेत्रीले रामु बिकलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । 
    यसैगरि ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर श्रेष्ठको जोडीले अभिषेक पि र सागर थापाको जोडीलाई ६–०, ६–० को सेटमा तथा राजन पि र चोम बिएसको जोडी वाकओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । 


    यसैगरि ४५ प्लस डबल्समा रोहित सुनुवार र हिमाल शाहको जोडीले अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको म्याच डाईरेक्टर अजय बिष्टले बताए । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।