Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : म्यानमारको विजयी सुरुवात

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : म्यानमारको विजयी सुरुवात

images
  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : म्यानमारको विजयी सुरुवात
    images
    images

    काठमाडौं  । फोर नेसन्स इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपमा दाबेदार म्यानमारले विजयी सुरुवात गरेको छ।

    images
    images
    images

    दशरथ रंगशालामा सोमवार म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले हरायो। म्यानमारको जितमा विन थेंगी तुन, श्वे यी तुन र सान थाअ थाअले समान १ गोल गरे। लेबबानको लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन्।

    images
    images
    images

    म्यानमारले आधा दर्जन भन्दा बढी मौका चुकाउँदस लेबनानकी गोल किपरले उत्कृष्ट बचावट गरिन्।खेलको १२ औं मिनेटमा म्यानमारले अग्रता लिने मौका गुमायो। खिन मो मो तुनले हानेको कडा प्रहार क्रसबारमा लागेर फर्कियो।

    images
    images
    images

    त्यसपछि २० औं मिनेटमा म्यानमारको प्रयासमा लेबनानकी गोलकिपर मर्सेली स्काइकीले सानदार बचावट गरिन्। नअ टेट टेट वाइको पहिलो प्रहार रोकिन्। रिबाउन्डमा यु पर खिनेको प्रहारलाई पनि बचाइन्।

    त्यसपछि लिन मिन्ट मो को प्रहार साइड नेटबाट बाहिरियो। निरन्तर आक्रमण गरेको म्यानमारले २२औं मिनेटमा पनि गोल गर्न सकेन।

    विन थेंगी तुनको प्रहार पोलमा लागेर फर्कियो। सो बललाई लिन मिन्ट मोले हानेको प्रहारलाई किपरले बचाइन्। लगतै खिन मो मो तुनको प्रहारलाई पनि किपर मर्सेली स्काइकीले रोकिन्।

    आक्रमणमा कमजोर देखिएको लेबनानले ३४औं मिनेटमा भने सुनौलो मौका गुमायो। जावा अरबीको थ्रु पासमा लायला इस्कन्दरले दुई डिफेन्डर र गोल किपर म्यो म्या म्या नेएनले खाली पोष्टमा हानेको प्रहार पोलमा लागेर फर्कियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

    खेलको ५७ औं मिनेटमा म्यानमारले अग्रता बनायो। कप्तान विन थेंगी तुनले बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहार गोलमा परिणत भयो। तर यो अग्रता ४ मिनेट भन्दा बढी टिक्न सकेन।

    ६१ औं मिनेटमा गोल किपर म्यो म्या म्या नेएन अगाडि बढ्दा लायला इस्कन्दरले खाली पोष्टमा सहजै गोल गरिन्। खेल १-१ गोलको बराबरीमा पुग्यो।

    ६८ औं मिनेटमा म्यानमारका फ्यु फ्यु विनले करिब २५ यार्ड टाढाबाट हानेको सशक्त प्रहार क्रसबारमा लागेर फर्कदा अग्रत लिने मौका गुमायो।

    तर ७२ औं मिनेटमा यु पर खिनेको सटिक क्रसमा सब्स्टिच्युट खेलाडी श्वे यी तुनको हेडर सुन्दर गोलमा परिणत भयो। म्यानमारले २-१ को अग्रता बनायो।

    ७५ औं मिनेटमा ममयाट नोइले हानेको प्रहारलाई किपरले उत्कृष्ट बचावट गरिन्। रिबाउन्डमा साहरा सब्स्टिच्युट सान थाअ थाअले गोल गर्दै म्यानमारलाई ३-१ को जित दिलाइन्।

    जितमा म्यानमारले ३ अंक बनाएको छ। आज हुने दोस्रो खेल घरेलु टोली नेपाल र किर्गिस्तानबीच हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।