रमेश बहादुर सिह, बझाङ नेपाली कांग्रेसका पूर्व पाटी सभापति पृथ्वी बहादुर सिहले स्वास्थ्य मापदण्ड पालना गरेर अधिवेशनमा सहभागी हुन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
उनले शनिबार सुरु भएको गाउँ - नगरपालिका अधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत स्वास्थ्य मापदण्डको पालना गरेर अधिवेशनमा सहभागी हुन नेता – कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्। ‘आजदेखि सुरु भएको नगर, गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी नेपाली कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत तथा शुभकामना,’
सिहले भनेका छन्, ‘कोभिड – १९ को महामारीका बेला स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुनु अनुरोध गर्दछु ।’ उनले पार्टीप्रति नेता – कार्यकर्ताको विश्वास र प्रतिवद्धताले कांग्रेस थप बलियो बन्ने पनि उल्लेख गरेका छन्। सिहले जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा नेता - कार्यकर्ताहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा आफूले गरेको पनि सामाजिक सञ्जालमार्फत भनेका छन्। ‘तपाईंहरूको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ,’ उनले लेखेका छन्, ‘जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology