बिष्णु पोखरेल, बुटवल । डब्ल्युडब्ल्युएसएफ (WWSF) ले २०२१ का लागि विश्वका ग्रामिण क्षेत्रमा काम गर्ने साहसी र अग्रणी सिर्जनशील महिलाहरूको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दिल कुमारी रोका मगर 'जानुका' समेत शिर्ष १० मा छनोट हुन सफल भएकी छन् ।
साहसी र सृजनशिल महिलाको शिर्ष १० मा छनोट भएसंगै उनले अक्टोबर १५ अर्थात् अन्तरास्ट्रिय ग्रामीण महिला दिवसका दिन १ हजार डलर नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछिन् ।
ग्रामिण क्षेत्रका आर्थिक रुपमा विपन्न तर साहसी र सिर्जनशील सोंच भएका महिलाहरुलाई स्वरोजगार कार्यक्रममा लाग्न - उत्पादक समूह, सहकारी समूह र साना किसान कृषि सहकारीबाट ५ सय ५० महिलाहरूलाई संगठीत नेतृत्व गर्न उनी सफल भएको जनाईएको छ । कृषिलाई व्यवसायीकरण र बजारीकरणमा गर्न प्रेरणा र प्रोत्साहन गर्दै सामाजिक रुपान्तरण र आर्थिक समृद्दीको बाटोमा समाजलाई नेतृत्व गर्न सक्षम महिलाको सुचीमा उनको नाम समाबेश छ ।

राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा
साहसी र सिर्जनशील महिलाको नेतृत्व गर्न सफल दिलकुमारीले तिनाउ गाउँपालिकाका ३० घरका महिलाहरुलाई वित्तीय सुधारको क्षेत्रमा च्याउ उद्योगबाट प्रोत्साहित र आत्मनिर्भर बनाउन सफल भएकोले उक्त पुरस्कार दिईएको डब्ल्युडब्ल्युएसएफले जनाएको छ ।
प्रती डल्ला साढे २ देखि ३ केजी च्याउ उत्पादन हुने उनको फार्मले बर्षमा ४० क्विन्टल च्याउ उत्पादन गर्छ । जसको थोक मूल्य नै १ करोड २० लाखको हाराहारीमा हुने उनी बताउँछिन् । उनका अनुसार १७ सय डल्लामा च्याउ रोप्न जम्मा ३ लाख मात्रै खर्च लाग्ने गर्दछ ।
दिल कुमारी २०२८ सालमा रोल्पाको थवाङमा जन्मीएकी हुन् । ग्रामीण जीवनमा महिला सिर्जनसिलता पुरस्कार २०२१ कि बिजेता उनी हाल पाल्पा जिल्लाको तिनाउ गाउँपालिकास्थित दोभान क्षेत्रमा च्याउ खेतीमा ब्यस्त छिन् ।
२०४८ सालमा माओवादी नेता तुलाराम घर्ती 'वसन्त' संग विवाह गरेकी उनीले २०५३ देखि ०६३ सम्म दस बर्ष भुमिगत जीवन बिताईन् । भुमिगत राजनीतिक कालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पाल्पा र कपिलवस्तु जिल्ला अध्यक्ष समेत भैसकेकी दिल कुमारी पार्टी शान्ति प्रक्रियामा आएपछि भने २०६७ सालबाट तत्कालीन तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमै कृषि कर्ममा रमाउन थालिन् ।
बुटवलस्थित फेवा सहकारी संस्थाबाट १० हजार ऋण लिएर सुरु गरेको उनको च्याउ खेतीमा यतिबेला उनी आफू बाहेक अन्य ३० परिवारका महिलाहरू समेत जोडिएका छन् ।

सुरुमा २०० डल्ला परालबाट च्याउ उत्पादन सुरु गरेकी उनको फार्ममा अहिले १ हजार ७ सय डल्ला परालबाट च्याउ उत्पादन हुँदै आएको छ ।
प्रती डल्ला साढे २ देखि ३ केजी च्याउ उत्पादन हुने उनको फार्मले बर्षमा ४० क्विन्टल च्याउ उत्पादन गर्छ । जसको थोक मूल्य नै १ करोड २० लाखको हाराहारीमा हुने उनी बताउँछिन् । उनका अनुसार १७ सय डल्लामा च्याउ रोप्न जम्मा ३ लाख मात्रै खर्च लाग्ने गर्दछ ।
तपाईंले १ लाख बढि राशीको अन्तरास्ट्रिय पुरस्कार प्राप्त गर्नुभयो अब त्यो राशी के गर्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उनले पुरस्कारको राशि पनि च्याउ उद्योगमा लगाउने र थप महिलाहरूलाई आत्मनिर्भर बनाउन पहल गर्ने बताईन् ।
त्यसैगरी तपाईंमा यस्तो अवधारणा कसरी विकास भयो भन्ने हाम्रो प्रश्नमा उनले साह्रै सरल जवाफ दिईन् । "सबैकुरा आवश्यकताले सिर्जना गर्ने रहेछ । स्थानीय महिलाको आर्थिक स्तर उकास्न सामुहिक रुपमा केही गर्नैपर्ने थियो र हामीले गर्यौं" - उनले भनिन् ।
हाल ४ हजार किलोग्राम च्याउ उत्पादन गरिरहेको उनको समूहले आगामी बर्ष ५ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष राखेको छ ।
धेरै औपचारिक शिक्षा नलिएकी र सामान्य साक्षर दिलकुमारीका श्रीमान तुलाराम घर्ती 'बसन्त' यतिबेला माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा पार्टीका केन्द्रिय सदस्य छन् । लुम्बिनी प्रदेशकै विशिष्ट राजनीतिकर्मी भएपनि हामी फार्ममा पुग्दा उनी च्याउमा पानी हालीरहेका थिए । सचेतक घर्ती माओवादी भित्र सरल र इमानदार नेताको रुपमा चिनिन्छन् ।
आफ्ना श्रीमान् सहित सम्पुर्ण परिवारको उर्जा र सहयोगले आफु हालको स्थानसम्म आएको दिल कुमारीको भनाई छ । उनीहरूका २ छोरी र १ छोरा छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology