Logo

२०८३, आश्विन १०गते


images
images

जायज माग सम्बोधन हुने आश्वासनपछि ग्यास उद्योगीको आन्दोलन स्थगित

जायज माग सम्बोधन हुने आश्वासनपछि ग्यास उद्योगीको आन्दोलन स्थगित

images
  • जायज माग सम्बोधन हुने आश्वासनपछि ग्यास उद्योगीको आन्दोलन स्थगित
    images
    images

    काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीवारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधवार भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो ।

    images
    images
    images

    उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबिच भएको छलफलमा जायज माग सम्बोधन गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

    images
    images
    images

    संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र संघका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए । उनले संघले राखेका मध्ये जायज माग सम्बोधन गर्ने आश्वासन दिए ।

    images
    images
    images

    लागत अनुसार बजार मूल्य वृद्धि गर्नुपर्ने लगायत विभिन्न माग राखेर संघले आन्दोलनको घोषणा गरेको थियो । छ बर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नु परिरहेको भन्दै  संघले मूल्य समायोजनको माग राख्दै आएको छ ।

    मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पेस गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले संघको आन्दोलन १५ दिनका लागि स्थगित गर्न आग्रह गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।