देवदह । सहकारीका लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने तालिम दिइएको छ । मंगलबार देवदहमा रहेका सहकारीका लेखा संयोजक र सदस्यलाई एकदिने क्षमता विकास तालिम दिइएको सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीले जानकारी दिए ।
जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना र सहकारी सन्जाल देवदहको समन्वयमा आयोजित तालिममा २४ जनाको सहभागीता रहेको थियो ।
पल्लवी साकोसको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक भिम तुलाचन, राष्ट्रिय सहकारी महासंघ, सन्चालक सदस्य तथा जिल्ला सहकारी संघ उपाध्यक्ष टीका न्यौपाने, जिल्ला सहकारी संघ सदस्य प्रमोद खनाल लगायतको उपस्थिति रहेको थियो ।
तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंक, लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख नारायण बेल्वासेले गरेका थिए ।
सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षता रहेको औपचारिक कार्यक्रममा संजालका सचिव गोविन्द ठडराई , देवदह दूध उत्पादक सहकारीका अनिल न्यौपाने, कोलिय देवदह साकोसका लक्ष्मी गैरे लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology