Logo

२०८३, कार्तिक २५गते


images
images

संसदमा ज्ञानेन्द्र शाहीको कटाक्ष : प्रधानमन्त्री र देशको कानुन नै फरक–फरक बनाऔं

संसदमा ज्ञानेन्द्र शाहीको कटाक्ष : प्रधानमन्त्री र देशको कानुन नै फरक–फरक बनाऔं

images
  • संसदमा ज्ञानेन्द्र शाहीको कटाक्ष : प्रधानमन्त्री र देशको कानुन नै फरक–फरक बनाऔं
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले एउटा नेपालको र अर्को प्रधानमन्त्री केपी शर्मा ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले एउटा कानुनले फरक फरक व्यवहार हुने गरेको भन्दै अब दुई वटा कानून बनाउन जरुरी देखिएको भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गरे ।

    images
    images
    images

    ‘म अनुरोध गर्न चाहन्छु, कानुन दुई वटा बनाउनुस् अब । एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । एउटा नेपालको कानुन बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ,’ सांसद शाहीले भने ।

    images
    images

    उनले कानुनजस्तै सभामुख, प्रहरी, सरकारी वकिल र न्यायाधीश पनि एउटा ओली नेतृत्वको र अर्को देशको बनाउनुपर्ने जिकिर गरे ।

    उनले बोलेकै आधारमा सर्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाए ।

    ‘माननीय मन्त्री जस्तो पदमा बसेका अहिलेका मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?,’ सांसद शाहीले प्रश्न गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।