युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज स्पेनिस जायन्ट रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुँदैछ । बहुप्रतीक्षित खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समय अनुसार राति १ : ४५ मा सुरु हुनेछ ।
च्याम्पियन्स लिगको नयाँ फम्र्याटले गर्दा बालबाल आउट हुनबाट जोगिएको सिटी र रियल अन्तिम १६ पुग्ने प्लेअफमै भिड्न लागेका हुन् । दुइमध्ये एकमात्र टोलीले अन्तिम १६ मा स्थान बनाउने भएकाले सिटी र रियलको यो खेल विश्वभरका समर्थकका लागि प्रतीक्षित छ । पहिलो लेग सिटीको मैदानमा हुँदा दोस्रो खेल १९ फेब्रुअरी मा रियलको घरेलु मैदानमा हुँदैछ ।
गत दुई संस्करणका विजेताहरू यो पटक आश्चर्यजनक रूपमा ३६ टोलीको समूह चरण तालिकामा मुस्किलले आउट हुनबाट जोगिएर ‘प्लेअफ’ मा स्थान बनाउन सफल भएका हुन् । लिग चरणको तालिकामा शीर्ष आठमा रहने टोलीले सिधै नकआउट चरणमा स्थान बनाउँदा थप ८ टोलीका लागि १६ टिमले ‘प्लेअफ’ खेल्दैछन् । जहाँ होम एण्ड अवे लिगका आधारमा अन्तिम ८ टिमले नकआउटमा स्थान बनाउने छन् ।
उपाधिका दाबेदार मानिएका सिटी र रियलले आफ्नो राउन्ड अफ १६ मा सिधैं पुग्न नसकेका कारणा प्लेअफ खेल्न बाध्य भएका हुन् । यो पटक बलिया मानिएका क्लबहरु प्लेअफमा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology