Logo

२०८३, आश्विन १०गते


images
images

३१औं बर्ष प्रवेश गरेको सगरमाथाले सप्ताहव्यापी कार्यक्रम सहित वार्षिकोत्सव मनाउँदै

३१औं बर्ष प्रवेश गरेको सगरमाथाले सप्ताहव्यापी कार्यक्रम सहित वार्षिकोत्सव मनाउँदै

images
  • ३१औं बर्ष प्रवेश गरेको सगरमाथाले सप्ताहव्यापी कार्यक्रम सहित वार्षिकोत्सव मनाउँदै
    images
    images

    देवदह । स्थापनाको ३१औं बर्ष प्रवेशको अवसरमा सगरमाथा आवासीय मावि देवदहले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । सामाजिक सेवा, खेलकुदको विकास तथा साहित्य र सृजनामा विशेष योगदान पु¥याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    साताव्यापी कार्यक्रममबारे जानकारी गराउँदै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले निरन्तर रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको सगरमाथाले हरेक साता सञ्चालन गर्ने अतिरिक्त क्रियाकलाप बाहेक विशेष अवसरमा थप कार्यक्रमहरु गर्ने गरेको बताए । ‘सप्ताहव्यापि कार्यक्रम सहित आगामी फाल्गुन ७ गते वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने तयारी गरिरहेका छौं ।’ पौडेलले भने, ‘त्यसैको पुर्व सन्ध्यामा सप्ताहव्यापी रुपमा खेलकुद र साहित्यका कार्यक्रम सञ्चालन भइरहेको छ ।’

    images
    images
    images

     

    कार्यक्रम संयोजक सुजाता रानाका अनुसार माघ २८ र २९ गते देवदह नगरपालिका स्तरीय अन्तर मावि सगरमाथा छात्रा भलिवल प्रतियोगिता सञ्चालन गरिनेछ । यसैगरी फाल्गुन २ देखि ४ गतेसम्म निशुल्क बृहत् स्वास्थ्य शिविर, फाल्गुन २ गते नै जिल्ला स्तरिय अन्तर मावि कविता रचना एवम् वाचन प्रतियोगिता, ५ गते अभिभावक खेलकुद कार्यक्रम र फाल्गुन ६ गते पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

     

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले स्वास्थ्यको लागि खेलकुद महत्वपूर्ण रहेको बताउँदै खेलकुदका कार्यक्रम निरन्तर रुपमा गरिनुपर्ने उल्लेख गरिन् । ‘खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।’ उनले भनिन्, ‘विद्यालयसँग पनि नगरपालिका हातेमालो गरेर अगाडि बढ्न चाहन्छ ।’ वडा नं ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले विद्यार्थीहरुले अध्ययनसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढानुपर्ने बताए ।

     

    यसैविच सोमवार सम्पन्न छात्रा भलिवल प्रतियोगितामा ६ वटा खेल सम्पन्न भएका छन् । कुल १२ वटा विद्यालय सहभागि प्रतियोगिता दुई पोलमा खेलाइएको थियो । जस अन्तर्गत पहिलो खेल ए पोलमा रहेका सेभेनस्टार ईङ्गलिस बोर्डिङ्ग स्कुल विरुद्ध कोलिय इङ्गलिस बोर्डिङ्ग स्कुल विच भयो । उक्त खेलमा कोलिय ११–२५ र २३–२५ को सोझो सेटमा विजयी भयो ।  दोश्रो खेलमा पोल बि को न्यू लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुल विजयी भयो । सगरमाथा अवासिय मावि विरुद्ध न्यू लुम्बिनीले १७–२५ र १२–१५ को जित निकाल्न सफल भयो । उक्त खेलमा सगरमाथाले दोश्रो सेट २२–२५ ले जितेपनि हार व्यवहोर्न पुग्यो । 

     

    त्यस्तै तेश्रो खेलमा सगरमाथा वि ले देवदह मदरटङ्गस एकेडेमी लाई १५–२५ र ११–२५ को सोझो सेटमा पराजित ग¥यो । सोमवारनै सम्पन्न चौथो खेलमा देवदह बुद्ध पब्लिक इङ्गलिस बोडिङ्ग स्कुलले जित हात पा¥यो । बुद्ध पब्लिकले महामाया भवानी माविलाई १६–२५ र २२–२५ को सोझो सेटमा पराजित ग¥यो । 

     

    यसैगरि सेमिफाइनल प्रवेसका लागि सोमवारै सम्पन्न पोल ए तर्फको क्वाटर फाईनलमा मदरल्याण्ड एकेडेमि विजयी भएको छ ।  कोलिय विरुद्धको खेलमा २२–२५ र १४–२५ को सोझो सेटमा मदरल्याण्ड विजयी भएको हो । त्यसैगरि पोल वि तर्फको अर्को क्वाटर फाइनलमा देवदह ईङ्गलिस बोर्डिङ्कले जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ । न्यू लुम्बिनी विरुद्धको खेलमा देवदह १७–२५ र १०–२५ को साोझो सेटमा विजयी भयो ।

     

    प्रतियोगिता अन्गर्तत मंगलवार सेमिफाईनल प्रवेशका लागि ग्रिन प्लान्ट ईङ्गलिस बोर्डिङ्ग स्कुल र सगरमाथा वि तथा अर्को खेलमा न्यू नमुनाले बुद्ध पब्लिकको सामना गर्ने खेल संयोजक सुजाता रानाले जानकारी दिइन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।