Logo

२०८३, आश्विन १०गते


images
images

भारत–नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि भारतीय मिडिया टिमलाई

भारत–नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि भारतीय मिडिया टिमलाई

images
  • भारत–नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि भारतीय मिडिया टिमलाई
    images
    images

    भैरहवा । भारत– नेपाल दोस्रो मैत्रीपूर्ण मिडिया कप क्रिकेटको उपाधि भारतीय मिडिया टिमले जितेको छ । भारतीय मिडियाको आयोजनामा भारतको राज मनोहर लोहिया कलेज नौतनवाको खेल मैदानमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रेस क्लब रुपन्देहीको टिमलाई ५ विकेटले पराजित गर्दै भारतीय मिडिया टिमले उपाधि जितेको हो ।

    images
    images
    images

     

    images
    images
    images

    उपाधि हात पारेको भारतीय मिडिया टिमले नगद ११ हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनी प्रेस क्लबको टिमले नगद १० हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

    images
    images
    images

     

    प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको प्रेस क्लबको टिमले निर्धारित १५ ओभरमा १४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर एक सय आठ रन बनायो । उसका लागि सचिन चौधरीले ४३ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै, मोहम्मद हविवले ११ रन बनाए । प्रेस क्लबका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतीय मिडियाका विनयले ३, मुकेशले २ र आलोक जोशी तथा अमित त्रिपाठीले समान १–१ विकेट लिए ।

     

    एक सय नौ रनको लक्ष्य भारतीय टिमले ११ ओभर चार बलमा पाँच विकेटको नोक्सानीमा पूरा गर्यो । उसका लागि अरविन्द त्रिपाठीले महत्वपूर्ण ५२ रन बनाए । यस्तै, अमित त्रिपाठीले २२, रोहितले १२ र पुनितले १० रन बनाइ टिमलाई जित दिलाए । बलिङमा प्रेस क्लबका भुवन पाण्डे र भीम भण्डारीले समान २–२ विकेट लिँदा प्रकाश न्यौपानेले १ विकेट हात पारे ।

     

     

    खेलमा अरविन्द त्रिपाठी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज घोषित भई पुरस्कृत भए । प्रेस क्लबका सचिन चौधरी बेष्ट ब्याटर, भारतीय टिमका विनय बेष्ट बलर र प्रेस क्लबका भुवन पाण्डे बेष्ट फिल्डर भई पुरस्कृत भए । विजेता र उपविजेता खेलाडीहरुलाई एस.एस.बी सेकन्ड कमान्डेड वरुणकुमार, नगर पञ्चायत सुनौलीका अध्यक्ष हबिब खान, पूर्वअध्यक्ष गुड्डु खान, वैभव सिंह, पूर्व जिला पंचायत सदस्य वसीम खान, नन्दलाल जयसवाल, अमित साहनी, अनुप जयसवाल, बिके जयसवाल, अजय रामचन्द्र, अवनिश उपाध्याय, विनय यादव, राजा वर्मा लगायतले पुरस्कार प्रदान गरे ।

     

    भारतीय टिमका कप्तान अमित त्रिपाठी र प्रेस क्लबका अध्यक्ष एवं कप्तान कमल रायमाझीले सीमा क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुबीच आपसी भाइचारा अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।