देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याव्सन) रुपन्देहीद्धारा आयोजित प्रथम नेशनल प्याव्सन कप जिल्लास्तरीय भलिवल प्रतियोगितामा छात्रतर्फ ग्यालेक्सी बोडिङ्ग स्कुल र छात्रातर्फ देवदह बोडिङ्ग स्कुल विजेता भएका छन् ।
छात्र तर्फको प्रतियोगिताको फाईनल खेलमा देवदह बोडिङ्ग स्कुललाई २५–१२, २५–२० को सोझो सेटमा पराजित गर्दै ग्यालेक्सी बोडिङ्ग स्कुलले जीत हात पार्यो । जीतसंगै ग्यालेक्सी बोडिङ्ग स्कुलले नगद १० हजार, ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको देवदह बोडिङ्ग स्कुलले नगद ७ हजार, ट्रफी प्राप्त गरेको खेल संयोजक कमल पौडेलले जानकारी दिए ।
यसैगरी छात्रातर्फ फाईनल खेलमा कोलिय बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै देवदह बोडिङ्ग स्कुलले उपाधी जितेको छ । विजेता विद्यालयले नगद १० हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा उपविजता बनेको कोलिय बोडिङ्ग स्कुलले नगद ७ हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा सगरमाथा र न्यू लुम्बिनी बोर्डिङ स्कुलले तृतिय हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरेका छन् ।
पहिलो सेमिफाईनलमा देवदह बोडिङ्ग स्कुलले सगरमाथा आवासीय माविलाई २–१ को सेटमा हराउदै फाईनल प्रवेश गरेको थियो । खेलमा देवदह बोडिङ्ग स्कुलले २५–१७, १५–८ मा दुई सेट जित्न सफल भएको थियो भने सगरमाथाले २५–२१ म एक सेट जितेको थियो । यसैगरी दोश्रो सेमिफाईनल खेलमा ग्यालेक्सी बोडिङ्ग स्कुलले सेन्ट जोसेफ स्कुललाई सोझो सेटमा हराउदै फाईनलमा प्रवेश गरेको थियो । खेलमा ग्यालेक्सी बोडिङ्ग स्कुलले २५–१४, २५–१८ मा सेन्ट जोसेफलाई हराएको थियो । प्रतियोगितामा सगरमाथा आवासीय स्कुल र सेन्ट जोसेफ तृतिय हुँदै दुबै टिमले नगद ५÷५ हजार ट्रफी प्राप्त गरेका छन् ।
कार्यक्रमको समापन समारोहमा बोल्दै नेशनल प्याब्सनका केन्द्रिय सचीव कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुलाई खेलको माध्यमबाट प्रतिभा प्रष्फुटन गरि अगाडि बढ्न आग्रह गरे । कार्यक्रमा इप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङले विजेता खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology