Logo

२०८३, आश्विन १०गते


images
images

शाईन रेसुङ्गा बैंकले ‘टेन के’ रन प्रतियोगिता गर्दै, पुरस्कार राशी पाँच लाख

शाईन रेसुङ्गा बैंकले ‘टेन के’ रन प्रतियोगिता गर्दै, पुरस्कार राशी पाँच लाख

images
  • शाईन रेसुङ्गा बैंकले ‘टेन के’ रन प्रतियोगिता गर्दै, पुरस्कार राशी पाँच लाख
    images
    images

    बुटवल । शाईन रेसुङ्गा डेभलपमेण्ट बैंकले बुटवलमा ‘टेन के ’ रन प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार बैंकको केन्द्रिय कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा १० किलोमिटर दौड (टेन के रन) आयोजना गरिने जनाएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बुटवलमा राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘रन टु शाइनु’ भन्ने नारासहित यहि फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्न लागिएको छ ।’ सीइओ पौडेलले भने, ‘विगत १६ वर्षदेखि वित्तिय कारोवार गर्दै आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले सामाजिक उत्तरदायित्व बहन गरी विभिन्न प्रकारका सामाजिक क्रियाकलाप गर्दै आएको छ । अहिले पहिलो पटक राष्ट्रिय स्तरको दौड प्रतियोगिता गर्न लागेका छौं ।’

    images
    images
    images

     

    प्रतियोगिता गर्नको लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघसँग स्वीकृति लिईएको तथा स्थानीय पालिकासँग समेत सहकार्य  गरिएको पौडेलले बताए ।

     

    प्रतियोगितामा राष्ट्रियस्तरका धावक सहभागी रहने छन् भने पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगिता खुल्ला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथिको गरी तीन तहमा हुनेछ ।

     

    जस अन्तर्गत खुल्ला पुरुष तथा महिला विधाका विजेता धावकलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुनेलाई जनही ४० हजार, तेस्रो हुनेलाई जनही २० हजार, चौथो हुनेलाई जनही १५ हजार र पाँचौ हुनेलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

     

    स्थानीय धावकको सहभागीता बढाउन पाँ किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा प्रतिस्पर्धा गराईनेछ । प्रतियोगितामा विजेता महिला पुरुष खेलाडीलाई जनही १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई पाँच हजार र चौथोलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिने बैंकका ब्राण्ड तथा एच.आर डिपार्टमेन्ट प्रमुख प्रभास राईले जानकारी दिए ।

     

    प्रतियोगितामा सहभागी हुनको लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट गएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगिता बुटवलको कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएर मणिग्राम चोक हुँदै पुनः केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ  ।

     

    प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन गर्ने जिम्मवारी लिएको कखरा इभेन्टका प्रमुख कार्यकारी अधिकृत हिमबिक्रम केसीले प्रतियोगितालाई व्यवस्थित गर्नको लागि प्रहरी, प्रशासन, स्थानीय पालिका सबै पक्षसंग समन्वय गरिने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।