Logo

२०८३, कार्तिक २७गते


images
images

नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा , अध्यक्ष नेपालले उद्घाटन गर्ने

नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा , अध्यक्ष नेपालले उद्घाटन गर्ने

images
  • नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा , अध्यक्ष नेपालले उद्घाटन गर्ने
    images

    राजेश पराजुली, पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि २६ र २७ माघमा पोखरामा सम्पन्न हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी पूरा भएको जानकारी दिइएको हो । महाधिवेशनको पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए।

    images
    images
    images

    अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागि हुनेछन् । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन भएका र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन भएका जनाइएको छ । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायवाट अनिवार्य गरिएको थियो ।

    images
    images
    images

    यससंगै प्रत्येक जिल्लावाट एकजना मजदुर अनिवार्य रुपमा छानिएको छ । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरि प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता हुने जानकारी दिइएको छ ।

    images
    images

    अधिवेशन सम्पन्न गर्न मुल आयोजक समितिसहित विभिन्न १२ वटा उपसमितिले तयारी पूरा गरेर अब कार्यक्रम उद्घाटनको क्षेत्रको प्रतिक्षा गरिरहेको अध्यक्ष बरालले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको प्रचार प्रसार उप समितका संयोजक नवराज सुवेदी, पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता तुलबहादुर गुरूङ, पोलिट्व्युरो सदस्य दिलुकुमारी पन्त र एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव कृष्ण नेपाली लगायतले अधिवेशनको बारेमा जानकारी दिएका थिए ।

    अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित पूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । अधिवेशनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।