Logo

२०८३, कार्तिक २७गते


images
images

दलित युवामाथि अत्याचार गरिएको भन्दै बुटवलमा विरोध प्रदर्शन

दलित युवामाथि अत्याचार गरिएको भन्दै बुटवलमा विरोध प्रदर्शन

images
  • दलित युवामाथि अत्याचार गरिएको भन्दै बुटवलमा विरोध प्रदर्शन
    images

    बुटवल । दलित युवामाथि अत्याचार गरिएको भन्दै बुटवलमा विरोध प्रर्दशन भएको छ । संघीय सरकारका गृहमन्त्री रमेश लेखककै निर्देशनमा युवामाथि जातिय अत्याचार भएको भन्दै नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिती रुपन्देहीले बिहिबार बुटवलमा विरोध प्रदर्शन गरेको हो  । 

    images
    images
    images

    विरोध प्रदर्शनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम परियारले वर्तमान सरकारले सामन्ती राज्य व्यवस्थाको चिन्तन बोकेको बताए । गृहमन्त्रीकै निर्देशनमा एक युवामाथि जातिय विभेद र अत्याचार गरिनु असामाजिक र मानव अधिकार विरोधी कार्य भएको उल्लेख गर्दै उनले कारवाही हुनुपर्ने माग गरे ।  

    images
    images
    images

    त्यसैगरी नेपाल दलित मुक्ति मोर्चा रुपन्देही जिल्ला इन्चार्ज तथा दलित अधिकारकर्मी पदम विश्वकर्माले संविधानको रक्षक नै भक्षक भएको भन्दै आक्रोश व्यक्त गरे । उनले न्यायिक छानविन गरि दोषीमाथि कारवाही नगरिए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए ।

    images
    images

    बुटवलको पुष्पलाल पार्कमा भएको विरोध प्रदर्शनमा लुम्बिनी प्रदेशका पुर्व सांसद दिपा विश्वकर्मासहित अधिकारकर्मी र दलित मुक्ति मोर्चा रुपन्देहीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 

    स्मरण रहोस्, अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राममाथि प्रहरीले पटकपटक यातना दिएको आरोप छ । उनले सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका थिए । उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । 

    अन्तरजातीय विवाह छुटाउनका लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको अधिकारकर्मीहरुको आरोप छ । यद्यपि गृहमन्त्री लेखकले भने सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विरोध प्रर्दशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।